काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध 'ह्युमन प्यापिलोमा भाइरस' (एचपीभी) खोप अभियानको शुभारम्भ गर्नुभएको छ ।
बालुवाटरमा रहेकाे शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाण्डाै महानगरपालिका वडा नम्बर ३ का स्वस्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर प्रधानमन्त्रीले अभियानको शुभारम्भ गर्नुभएको हो ।
किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय जना किशोरीलाई खोप लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेकाे छ । पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा भाइरसकाे सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।