आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा नयाँ बजेट सार्वजनिक, वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्न नपर्ने

भारतमा नयाँ बजेट सार्वजनिक, वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्न नपर्ने

  • एजेन्सी
  • शनिवार, माघ १९ २०८१

  • 864
    SHARES

  • भारतमा नयाँ बजेट सार्वजनिक, वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्न नपर्ने

    भारतमा आज नयाँ बजेट सार्वजनिक भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट आज सार्वजनिक भएको हो । अर्थमन्त्री निर्मला सीतारमणले लगातार आठौं पटक संसद्मा बजेट पेश गर्नुभयो ।

    भारतबाट मोराजी देशसाईले सबैभन्दा धेरै १० पटक बजेट पेश गर्नुभएको छ । देसाईले अर्थमन्त्रीका रूपमा सन् १९५९ देखि १९६४ सम्म ६ पटक र सन् १९६७ देखि १९६९ सम्म ४ पटक बजेट पेश गर्नुभएको थियो । लगातार आठौं पटक बजेट प्रस्तुत गर्ने कीर्तिमान भने निर्मला सीतारमणको नाममा रहेको छ ।

    बजेटका अनुसार अब वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्नुपर्दैन । यसअघि सन् २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, २०२३ मा ७ लाख भारुसम्म कमाउनेलाई आयकर छुट थियो ।

    बजेटमा किसान क्रेडिट कार्डको सीमा ३ लाखबाट बढाएर ५ लाख भारु पुर्‍याउने उल्लेख छ । यस्तै सडक व्यापारीहरूलाई आर्थिक रूपमा सहयोग गर्नका लागि ३० हजार भारुको क्रेडिट कार्ड, बालबालिकाको मनोवैज्ञानिक सोचको विकासका लागि विद्यालयमा नयाँ कुराहरू सिक्न, प्रयोग गर्न र सिर्जना गर्नका लागि आउँदो ५ वर्षमा ५० हजार ‘टिङ्करिङ ल्याब’ बनाइने उल्लेख छ ।

    अर्थमन्त्री निर्मला सीतारमणले सक्षम आंगनवाणी पोषण २ अन्तर्गत ८ करोड बालबालिका तथा १ करोड गर्भवतीलाई लाभ पुग्ने बताउनुभयो । यस्तै बजेटमा बिहारमा मखाना बोर्ड स्थापना, कृषि योजनामा सयभन्दा धेरै जिल्लालाई महत्त्व, खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउने, किसान, महिला र युवालाई प्राथमिकता दिने उल्लेख छ ।

    कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) शिक्षाका लागि उत्कृष्ट संस्थानको संस्थापनादेखि हरेक वर्ष २० लाख जना युवालाई सरकारले देशका शीर्ष ५ सय कम्पनीमा इन्टर्नशिप दिनेसम्मका कुरा भारतको नयाँ बजेटमा उल्लेख छ ।

    बजेट भाषणको शुरूमा अर्थमन्त्रीले भारतको अर्थतन्त्र विश्वका ठूला अर्थतन्त्र भएका देशहरूमध्ये सबैभन्दा छिटो बढिरहेको र विगत १० वर्षको विकास कार्य र संरचनात्मक सुधारका आगि आफूहरूको ट्र्याक रेकर्डले विश्वव्यापी ध्यान आकर्षित गरेको बताउनुभयो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १९ २०८१०४:०७:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend