सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सहकारीमा राखेको पैसा जोगिने ग्यारेन्टी हुनुपर्छ : सभापति देउवा

सहकारीमा राखेको पैसा जोगिने ग्यारेन्टी हुनुपर्छ : सभापति देउवा

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ १९ २०८१

  • 627
    SHARES

  • सहकारीमा राखेको पैसा जोगिने ग्यारेन्टी हुनुपर्छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरुको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन्।

    शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरूको अन्त्य गर्न जरुरी रहेको बताए।

    उनले वास्तविक सहकारी आन्दोलनको विकास, विस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताए।

    उनले आम नागरिकहरुले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा बचतकर्ताहरु पीडित भएको बताए। सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महशुस गरेर अध्यादेश ल्याएको बताए।

    उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

    सभापति देउवाले नेपाली कांग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिकसमक्ष पुर्‍याउन अभियानको रुपमा विस्तार गर्न लागिपरेको बताए।

    पछिल्लो समय भिआइपीहरू नै सहकारीको बचत रकम अपचलनमा तानिन थालेपछि यो विषय चौतर्फी पेचिलो बन्दै गएको छ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विभिन्न जिल्लामा मुद्दा खेपिरहेका छन्।

    त्यस्तै, कांग्रेसकै उपसभापति धनराज गुरुङ पनि सहकारी प्रकरणमा जोडिएका छन्। तर, सत्ताको छायाले उनीविरुद्ध मुद्दा नचलाइएको आरोप सरकारले खेप्दै आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०८१०८:०७:४१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend