सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मधेश केन्द्रित आठ दलीय कार्यदलको बैठक आज

मधेश केन्द्रित आठ दलीय कार्यदलको बैठक आज

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ १८ २०८१

  • 780
    SHARES

  • मधेश केन्द्रित आठ दलीय कार्यदलको बैठक आज

    काठमाडौं । मधेश केन्द्रित आठ दलीय कार्यदलको बैठक आज बस्दैछ। बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलहरूको बैठकले कार्यदल बनाएको थियो।

    बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए। 

    कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन्।

    कार्यदलले साझा एजेन्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा बनाउने लगायतका कार्य गर्ने छ। त्यसपछि आठै दलका शीर्ष नेताहरू बसेर अन्तिम निष्कर्षमा पुग्ने बताइएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १८ २०८११२:३३:०७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend