काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको ऊर्जा सही ढंगले अग्रगामी रुपान्तरणमा प्रयोग हुनुपर्ने बताएका छन् । युवा ऊर्जा सही ठाउँमा प्रयोग भए पार्टी, समाज र सिंगो देशको मुहार फेरिने उनको भनाइ थियो ।
अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन बिहीबार खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रचण्डले युवा ऊर्जालाई समाजको रुपान्तरण र शैक्षिक मुद्दामा लगाउन आग्रह गरे ।
विगतदेखि नै युवाहरू शैक्षिक र राजनीतिक आन्दोलनको अगुवाइ भएको भन्दै उनले नवनिर्वाचित टिमले त्यही दिशामा काम गर्ने विश्वास व्यक्त गरे ।
उनले युवाहरूलाई देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन अपिल पनि गरेका छन् ।
माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजयप्रकाश सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।