सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने

आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ १७ २०८१

  • 609
    SHARES

  • आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

    उनले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए। उनले नेपालले तीव्रताका साथ विकासका कामहरुअघि बढाइरहेको उल्लेख गर्दै आइटी क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताए। उनले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भए पनि अहिले विकास निर्माणका कामले गति पाएको बताए।

    देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको बताए। प्रतिकूल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढंगले लयमा फर्काउन, गतिशील बनाउन सरकारले काम गरिरहेको बताए। सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्‍याउन चाहेको बताए।

    प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकारल अघि बढेको बताए। पूर्वाधारबिना देशको विकास हुन नसक्ने बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १४ २०८१०१:२६:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend