सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक स्वीकार हुँदैन : महामन्त्री शर्मा

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक स्वीकार हुँदैन : महामन्त्री शर्मा

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ १७ २०८१

  • 1.1K
    SHARES

  • अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक स्वीकार हुँदैन : महामन्त्री शर्मा

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध गरेका छन्।

    उनले सामाजिक सञ्जालमा भनेका छन्- प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न, देश ढुक्क रहोस्- दृष्टि बदलिन्न, विधेयक बदलिन्छ

    सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ।  अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ।

    यसबारे कांग्रेसका अर्का महामन्त्री गगन थापाको धारणा भने आएको छैन। यसअघि अर्को सरकारले यस्तै विधेयक ल्याउँदा दुवै महामन्त्रीले चर्को विरोध गरेका थिए।

    सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न भनेर संसद्‌मा दर्ता गरेको विधेयक माथि प्रारम्भिक दृष्टिमा नै गम्भीर प्रश्नहरू उठेका छन् ।

    विधेयकमा आधारभूत परिवर्तन नगर्ने हो भने यसले सामाजिक सञ्जाल नियमन गर्ने नभई नागरिकको बोल्न पाउने संवैधानिक हक नियन्त्रण गर्नेछ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १७ २०८११२:०४:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend