सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विपक्षी दलले अध्यादेश अस्वीकार गर्ने

विपक्षी दलले अध्यादेश अस्वीकार गर्ने

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ १७ २०८१

  • 759
    SHARES

  • विपक्षी दलले अध्यादेश अस्वीकार गर्ने

    प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । 

    बिहीबार बिहान सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

    संसद् अधिवेशन शुरू हुने बेला सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको निष्कर्ष बैठकले निकालेको उनले बताए ।बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो । 

    संसद्को हिउँदे अधिवेशन भोलि (शुक्रबार)देखि शुरू हुँदै छ । भोलि नै अध्यादेश संसद्मा पेश गर्ने सरकारको तयारी छ । उनका अनुसार जनसरोकारका विषय एक मतसाथ उठाउने निर्णय बैठकले गरेको छ। 

    राष्ट्रियता, जनजीविका र महँगी नियन्त्रणलगायतका विषयमा सशक्त आवाज उठाउने उनले बताए ।

    बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १७ २०८१११:४६:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend