अमेरिकको रेगन राष्ट्रिय विमानस्थलमा यात्रु बोकेको विमान र हेलिकप्टर ठोक्किएका छन्। विमानमा ६४ जना सवार रहेको संघीय उड्डयन प्रशासनले जनाएको छ। उक्त घटना बेलुका ९ बजे बताइएको छ।
अमेरिकी एयरलाइन्सले विमानमा ६० यात्रु र ४ क्रु मेम्बर रहेको पुष्टी गरेको छ। एयरलाइन्सले भनेको छ, 'हामी ती सबैको बारेमा चिन्तित छौं।' यस दुर्घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेगन राष्ट्रिय विमानस्थलमा भयानक दुर्घटनाको बारेमा पूर्ण जानकारी पाएको बताएका छन्।
यो दुर्घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। विमान र हेलिकप्टर ठोक्किएपछि हेलिकप्टर पोटोमेलोक नदीमा खसेको थियो। रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समार्फत अहिले सबै उडानहरू रोकिएको बताएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।