सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गठबन्धन रहँदासम्म सरकार ढल्दैन : नेता नेपाल

गठबन्धन रहँदासम्म सरकार ढल्दैन : नेता नेपाल

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ १७ २०८१

  • 1.0K
    SHARES

  • गठबन्धन रहँदासम्म सरकार ढल्दैन : नेता नेपाल

    भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन्।

    भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले आज आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए।

    अध्यक्ष नेपालले भने, “सरकारको आयु सांसदको सङ्ख्याले निर्धारण गर्ने हो। दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ। त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ।”

    सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले संसदीय समितिमा दर्ता भएका विधेयकलाई फिर्ता नलिइ अध्यादेशमार्फत संसदमा फास्टट्र्याकबाट पारित गराउन खोज्नु गलत भएको बताए। अध्यक्ष नेपालले विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजूलाई विद्यालयको आइएसओ प्रमाणपत्र हस्तान्तरण गरे। 

    कार्यक्रममा प्रिन्सिपल डा कोजूले आज सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरूमा सहिदप्रतिको सम्मान, देशप्रेमको भावना जगाउनुका साथै गुणस्तरीय शिक्षामा कटिबद्ध रहको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १७ २०८१०९:२०:४५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend