आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

१ सय ७६ यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी

१ सय ७६ यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी

  • एजेन्सी
  • बुधवार, माघ १६ २०८१

  • 1.6K
    SHARES

  • १ सय ७६ यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी

    काठमाडौँ । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा १७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ ।

    मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव साढे १० बजेतिर आगलागी भएको थियो । राति आगलागी हुने वित्तीक्कै विमास्थलका आपतकालिन प्रोटोकलहरु सक्रिय भएसँगै १७६ जना सबै यात्रुको सकुशल उद्दार गरिएको छ ।

    आगलागीबाट विमान पूर्ण रुपमा क्षति भएको छ । घटनास्थलमा दमकल खटाएपछि करिब एक घण्टापछि राति ११ः३१ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको दमकलले जनाएको छ ।

    मङ्गलबारको घटना दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रुवाहक विमान दुर्घटना भएको एक महिनापछि भएको हो, जसमा सवार १८१ जनामध्ये दुई बाहेक सबैको मृत्यु भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १६ २०८१०१:०३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend