सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ १५ २०८१

  • 897
    SHARES

  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको तयारीस्वरूप मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रिय सभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ।

    अधिवेशन आह्वान भएपछि पहिलोपटक बस्न लागेको बैठकमा संसद्को पहिलो दिनको बैठकको तयारीबारे छलफल हुने संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए। उनका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार भएका क्यालेण्डर परिमाजर्नसमेत गर्न सक्नेछ।

    यही माघ १८ गते शुक्रबार शुुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । सभामुख देवराज घिमिरेले हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। यसअघि उनले आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १५ २०८१०९:३०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend