आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युद्धविरामको पहिलो चरणमा रिहा हुनुपर्ने आठ जना बन्धकको ज्यान गएको इजरायलको दाबी

युद्धविरामको पहिलो चरणमा रिहा हुनुपर्ने आठ जना बन्धकको ज्यान गएको इजरायलको दाबी

  • एजेन्सी
  • मंगलवार, माघ १५ २०८१

  • 999
    SHARES

  • युद्धविरामको पहिलो चरणमा रिहा हुनुपर्ने आठ जना बन्धकको ज्यान गएको इजरायलको दाबी

    गाजा इजरायल र हमासबीच युद्धविराम सम्झौताको पहिलो चरणको अवधिमा हमासले रिहा गर्न बाँकी २६ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको इजरायलले जनाएको छ ।

    इजरायलका सरकारी प्रवक्ता डेभीड मेन्सरका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले बन्धकहरूको अवस्थाको बारेमा दिएको सूचीमा आठ जना बन्धकको ज्यान गएको उल्लेख छ ।

    हमासले आठ जनाको हत्या गरेको भन्दै यसबारे उनीहरुका परिवार तथा आफन्तलाई इजरायले जानकारी गराइसकेको बीबीसीले जनाएको छ । यही जनवरी १९ मा युद्धविराम शुरू भएदेखि इजरायली जेलमा रहेका दुई सय ९० भन्दा बढी प्यालेस्टिनी कैदीको बदलामा सात जना महिलालाई हमासले रिहा गरिसकेको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार यो हप्ता  हमासले थप ६ जना बन्धकलाई रिहा गर्ने छ । इजरायलले ८७ जना बन्धकहरूमध्ये  ३४ जनाको ज्यान गइसकेको अनुमान गरेको छ । युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३३ जना बन्धक रिहा गर्ने बताएको छ ।

    इजरायल र हमासबीच युद्धविराम सम्झौताको नेपालमा स्वागत इजरायल र हमासबीच युद्धविराम सम्झौताको नेपालमा स्वागत

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ५ २०८१०८:०२:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend