आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण फेला

जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण फेला

  • एजेन्सी
  • सोमवार, माघ १४ २०८१

  • 1.5K
    SHARES

  • जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण फेला

    गएको डिसेम्बरमा दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको छ ।

    अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका आज प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अब अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे जाँच शुरू गर्ने खबरमा उल्लेख छ ।

    गएको डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण–पश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १ सय ७९ जनाको ज्यान गएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो ।

    दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल र अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको छ । गएको हप्ता अधिकारीहरूले देशभरका ७ वटा विमानस्थलमा नेभिगेशनका लागि प्रयोग गरिएका कङ्क्रिट संरचना परिवर्तन गर्ने घोषणा गरेका थिए ।

    यसैबीच दक्षिण कोरियाले विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको उड्डयन एजेन्सी, अमेरिका, फ्रान्स र थाइल्यान्डका अधिकारीहरूलाई बुझाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १४ २०८१०३:४३:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend