काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बृहत वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन्।
शनिवार काठमाडौँमा एकदेव आलेको ५६औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सबैलाई महशुस भएको खण्डमा अहिलेको आवश्यकता बृहत वामपन्थी एकताको भएको र महशुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने बताए।
एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरुले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने उनले बताए। उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताए।
उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भए पनि अहिले समाजवादी मोर्चा परिपक्व अवस्था नभएको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।