आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपाको केन्द्रीय समिति बैठक सुरु

जसपाको केन्द्रीय समिति बैठक सुरु

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ १२ २०८१

  • 900
    SHARES

  • जसपाको केन्द्रीय समिति बैठक सुरु

    वीरगञ्ज (पर्सा) । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

    आज शनिबार पर्साको वीरगञ्ज स्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ । बैठकमा विभिन्न राजनीतिक,सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइनेछ ।”

    बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा माननीय मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष माननीय शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव माननीय बिरेन्द्र महतो, कोषाध्यक्ष माननीय रञ्जु झाको सहभागि रहेको बताइएको छ ।

    उक्त बैठक आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०६:५४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend