सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सरकार परिवर्तन हुने कुरा अर्थहीन : प्रधानमन्त्री ओली

सरकार परिवर्तन हुने कुरा अर्थहीन : प्रधानमन्त्री ओली

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ ११ २०८१

  • 888
    SHARES

  • सरकार परिवर्तन हुने कुरा अर्थहीन : प्रधानमन्त्री  ओली

    काठमाडौँ । ​प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुने अर्थहीन हल्ला अस्थिरता मच्चाउने तत्वहरुले चलाएको टिप्पणी गरेका छन्। 

    पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको आज ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गरे। 

    नेकपा एमाले र नेपाली कांग्रेससहितको अहिलेको सरकार ०८४ सालको निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे।

    प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रवल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे। 

    पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र गतिमा अगाडि बढाउन उनले आग्रह गरे। 

    केही व्यक्तिले विकासका काम सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको कुनै अर्थ नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ११ २०८१०४:२७:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend