काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजेको आरोप लगाएका छन् ।
खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक कार्यक्रममा एक गाग्रो पानीले धरान बासीलाई नपुग्ने भन्दै एक वर्षभित्र धरानमा पनिको सङ्कट समाधान गर्ने गरी काम अघि बढाउने बताए ।
मन्त्री यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको दाबी गरेका छन् । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने बताएका हुन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।