काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी रहने भएको छ।
बिहीबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जिल्ला सरकारी वकिलका तर्फबाट ८ जनाले बहस सकेपछि जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । आज शुरुमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन्। त्यसपछि प्रतिवादी रवि लामिछानेका कानुन व्यवसायीले बहस गर्नेछन्।
लामिछानेका तर्फबाट बहश गर्न १० जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा बुझाएका छन्। प्रतिवादीको तर्फबाट बहस सकिएपछि जवाफी बहस हुनेछ। भ्याएसम्म आजै थुनछेक आदेश गराउने तयारी रहेको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ। यसअघि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।