काठमाडौं । मंगलबार दिउँसो चितवनको भरतपुर विमानस्थलमा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ दल कांग्रेसका दुई नेताको जम्काभेट भयो ।
प्रचण्डसँग कांग्रेसका नेता शशांक कोइराला र चन्द्र भण्डारीबीच जम्काभेट भएको थियो । विमानस्थलमा तीनै जना नेता भएपछि सञ्चारकर्मीले सरकारको आयुबारे प्रश्न गरे ।
यसअघिदेखि नै पटक पटक सरकारको आयु लामो नभएको बताउँदै आएका प्रचण्डले अहिले पनि आफूहरूको प्राथमिकतामा सरकार नभएको जिकिर गरे ।
प्रचण्डले सरकारबारे यस्तो बताइरहँदा सँगै बसेको नेता भण्डारी असहज महसुस गरिरहेको देखिन्थे ।
प्रचण्डले भने, ‘हामी चिन्तित छौं, गइदिए हुन्थ्यो भन्ने हो, ०८४ सम्म गए पनि ठिकै हो । जाँदैन भन्ने पो चिन्ता छ हामीलाई । गएन भने कांग्रेस त पार्टनर छँदैछ हाम्रो ।’
प्रचण्डले यति भन्दा अर्का नेता शशांक झनै असहज मान्न थाले ।
उनी जुरुक्क उठेर पत्रकार सम्मेलन भएको स्थानबाट मोडिन खोज्दै थिए । केही सञ्चारकर्मीले उनलाई रोकेर प्रचण्डलाई नै गरेको प्रश्न दोहोर्याए ।
जवाफमा उनले भनेका छन्, ‘ठूलो दलहरू मिलेर स्टेबल सरकार जुन बनेको छ, एक किसिमको स्टेबल नै छ । राजनीतिमा जे पनि हुन्छ, नहुने त होइन । तर, हामीले स्थिर सरकार दियौं भने विकासको काम हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।