आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित

नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित

  • मिडिया डबली डेक्स
  • सोमवार, माघ ७ २०८१

  • 681
    SHARES

  • नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित

    काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएकाे छ ।

    नेपालले दिएकाे ७४ रनकाे लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर भेटायाे । स्कटल्यान्डकी पिपा स्प्राेलले ३५ रन बनाइन् । नेपालकी रचना चाैधरी र सिमाना केसीले २/२ विकेट लिए ।

    मलेसियाकाे बाङ्गीमा टस जितेर ब्याटिङ गरेकाे नेपाल १८ ओभर ५ बलमा ७३ रनमा अलआउट भयाे । नेपालकी पूजा महताेले २७ रन बनाइन् । स्कटल्यान्डकी मेसे मसेराले ५ विकेट लिइन् ।

    प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बुधवार अस्ट्रेलियासँग खेल्नेछ ।

    प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।

    हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २९ २०८१०३:५०:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend