सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मधेश आन्दोलनका सहिदको सालिकमा मन्त्री यादवद्धारा माल्यार्पण

मधेश आन्दोलनका सहिदको सालिकमा मन्त्री यादवद्धारा माल्यार्पण

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ ५ २०८१

  • 1.0K
    SHARES

  • मधेश आन्दोलनका सहिदको सालिकमा मन्त्री यादवद्धारा माल्यार्पण

    वीरगंज । मधेशका नागरिका लागि आफ्नो ज्यान आहुँती दिने मधेश आन्दोलनका सहिदको सालिकमा जनता समाजवादी पाटी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राई तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले माल्यार्पण गर्नु भएको छ ।

    आज वीरगंजमा मधेश आन्दोलनका सहिदहरुको सालिकमा अध्यक्ष राई तथा जसपाका उप महासचिव समेत रहनु भएका नेपाल सरकारका खानेपानीमन्त्री यादवले एक भव्य कार्यक्रमकाबीच माल्यार्पण गर्नु भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

    वीरगंजको घण्टाघरमा रहेको सहिदहरुको सालिकमा अध्यक्ष राई तथा मन्त्री यादवले बिहान माल्यार्पण गर्नु भएको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिनुभयो ।

    आजको उक्त कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंह, पुर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समितिका प्रमुख अजय सराफ, बुहँरामाई नगरपालिकाका नगर प्रमुख सिहासन सातेली लगायतका सयौँ नेता कार्यकताहरुले पनि सहिदको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।

    मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उहाँहरुको मृत्यु भएको थियो । मृत्य भएसँगै मधेशमा आन्दोलन निकै चर्किएको थियो । त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपासहित मधेश केन्द्रित दलहरुले बलिदानी दिवसका रुपमा मनाउने गरेको छ । आजको दिन ती दलहरुले विभिन्न कार्यक्रमको आयोजना समेत गर्ने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ५ २०८११२:२९:०७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend