सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सक्रियतापूर्वक भूमिका निर्वाह गर्न मन्त्रीहरूलाई कांग्रेसको निर्देशन

सक्रियतापूर्वक भूमिका निर्वाह गर्न मन्त्रीहरूलाई कांग्रेसको निर्देशन

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ ३ २०८१

  • 1.1K
    SHARES

  • सक्रियतापूर्वक भूमिका निर्वाह गर्न  मन्त्रीहरूलाई कांग्रेसको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई सक्रियतापूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।

    बिहीबार बसेको संसदीय दल कार्यसमितिको बैठकले १० मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले लाग्न निर्देशन दिएको हो । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरू सहितको बैठकमा मन्त्रीहरूले आआफ्ना मन्त्रालयका कार्यप्रगति ब्रिफिङ गरेका थिए ।

    बैठकले आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना समयमा सम्पन्न गर्न मन्त्रीहरूलाई निर्देशन दिएको कांग्रेसले जनाएको छ । बैठकले चालु आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजनालाई निर्धारित समयमा सम्पन्न गर्ने गरेर पहलकदमी लिन पनि मन्त्रीहरूलाई निर्देशन दिएको छ ।

    बैठकमा शीर्ष नेताहरूले सातामा दुई दिन खुला भेटघाट गर्न, नागरिकको गुनासो सुन्न, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्ण रूपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन पनि मन्त्रीहरूलाई निर्देशन दिएका थिए । यस्तै, संसद्का विषयगत समितिमा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्‍याउन सक्रिय हुन पनि समितिका सभापति र सांसदलाई सुझाव दिइएको थियो ।

    बैठकले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरू मार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्ने निर्णय गरेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ ३ २०८१०५:५८:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend