सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

  • मिडिया डबली डेक्स
  • आइतवार, पौष २८ २०८१

  • 915
    SHARES

  • आज तीन संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदका तीन समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

    बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गर्ने कार्यसूची छ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे १२ बजेलाई बोलाइएको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

    राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दैछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे सिंहदरबारमा शुरु हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २० २०८१०८:०४:२२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend