आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

  • एजेन्सी
  • आइतवार, पौष २८ २०८१

  • 1.1K
    SHARES

  • दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

    दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको बताएको छ ।

    गएको डिसेम्बर २९ तारिखमा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ विमान मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा एक सय ७९ जनाको ज्यान गएको थियो । यातायात मन्त्रालयले निकालेको विज्ञप्तिमा सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेट पहिलेको अवधिमा रेकर्ड नगरेको देखिएको उल्लेख छ ।

    दक्षिण कोरियामा तथ्याङ्क नभेटेपछि अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा बिश्लेषण गर्दा पनि दुर्घटना हुनु चार मिनेट अघिदेखिको तथ्याङ्क नभेटिएको हो । उडानको अन्तिम चरणको जानकारी रेकर्ड बक्समा किन रहेन भन्नेबारेमा खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

    दक्षिण कोरियाको यातायात मन्त्रालयले जेजु एयरको कार्यालयमा छापा मार्नुको साथै जेजु एयरका प्रमुख कार्यकारीलाई देश छाड्न रोक लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २८ २०८१०८:३२:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend