आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनमा एचएमपीभी संक्रमणको तीव्र वृद्धि: कोभिड त्रासदीको पुनः सम्झना

चीनमा एचएमपीभी संक्रमणको तीव्र वृद्धि: कोभिड त्रासदीको पुनः सम्झना

  • मिडिया डबली डेक्स
  • शनिवार, पौष २७ २०८१

  • 984
    SHARES

  • चीनमा एचएमपीभी संक्रमणको तीव्र वृद्धि: कोभिड त्रासदीको पुनः सम्झना

    सन् 2025 को सुरुवातसँगै चीनमा मानव मेटाप्न्युमोभाइरस (एचएमपीभी) को तीव्र फैलावटले विश्वभर कोभिड-१९ को त्रासदीलाई पुनः सम्झाएको छ। अस्पतालहरू संक्रमित बिरामीहरूले भरिभराउ भएका छन्, मानिसहरू मास्क लगाएर हिंडिरहेका छन्, र सामाजिक सञ्जालमा भाइरस नियन्त्रणको लागि लकडाउन लाग्ने अनुमानले चर्चा पाएको छ।

    जनवरीको पहिलो हप्ता मात्र चीनमा एचएमपीभी संक्रमण ५२९ प्रतिशतले बढेको छ, जसले बच्चादेखि वृद्धसम्मलाई प्रभावित गरेको छ। वुहानसहितका विभिन्न प्रान्तहरूमा स्कूल बन्द भएका छन्, र अस्पतालहरूमा बिरामीहरूको लामो प्रतीक्षा सूचीले स्थिति थप गम्भीर बनाएको छ।

    चिनियाँ रोग नियन्त्रण केन्द्रका अनुसार, एचएमपीभीका कारण ५.४ प्रतिशत अस्पताल भर्ना भएका छन्, जुन कोरोना भाइरसको तुलनामा उच्च हो। तर, यो भाइरस पत्ता लगाउन कठिन भएकोले यसको प्रभाव अझ गम्भीर हुनसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। डा. पिटर ओपनशका अनुसार, "HMPV पत्ता लगाउन चुनौतीपूर्ण छ र यसले गम्भीर फोक्सो संक्रमण गराउन सक्छ।"

    वुहान, जहाँ पाँच वर्षअघि कोभिड-१९ सुरु भएको थियो, त्यहाँ अहिले पनि एचएमपीभीका कारण त्रास फैलिएको छ। केही मानिसहरूको मृत्युले स्थानीयहरूलाई झनै आत्ताएको छ। “यस क्षेत्रका सात-आठ जना यस हप्ता मरेका छन्। यस्तो स्थिति गम्भीर बन्न सक्छ,” एक वुहानका किसानले भने।

    विशेषज्ञहरूले यो भाइरसलाई कोभिडभन्दा कम गम्भीर भने पनि बालबालिका, वृद्धहरू, र कमजोर प्रतिरोध क्षमता भएका मानिसहरूका लागि यो उच्च जोखिमपूर्ण मानिएको छ। खोपको अभाव र अस्पतालहरूमा क्षमता नपुग्दा यो भाइरसले चीनमा स्वास्थ्य संकट निम्त्याएको छ।

    भीडभाड भएका अस्पताल, मास्क लगाएका मानिसहरूको भीड, र अन्त्येष्टि गृहहरूमा लामो लाइनहरूले कोभिड महामारीको भयावह समयलाई पुनः स्मरण गराइरहेको छ। यो स्थितिले चीनभित्र मात्र होइन, विश्वभर त्रासको वातावरण सिर्जना गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २७ २०८१०३:४६:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend