काठमाण्डौ । एन्फा महिला लिगमा आज दुई शीर्ष टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो १२ बजे सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा शुरू हुँदैछ ।
अन्तिम चरणमा अपराजित यी दुई टोलीमा सबै तीन खेल जितेको एपीएफ ९ अङ्कसहित शीर्ष स्थान र तीन खेलमा दुई जीत र एक बराबरी गरेको आर्मी ७ अङ्कसहित दोस्रो स्थानमा छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लब तालिकाको तेस्रो स्थानमा छ ।
बाग्मती युथ क्लब चौथो र अङ्कविहिन रहेको वालिङ नगरपालिका पुछारमा छ । अन्तिम चरणमा सहभागी ५ टोलीले दुई पटक एकअर्कासँग खेल्नेछन् । त्यसपछि शीर्ष ४ टोली प्ले अफमा पुग्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।