आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनमा एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला

चीनमा एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला

  • एजेन्सी
  • शुक्रवार, पौष २६ २०८१

  • 918
    SHARES

  • चीनमा एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला

    चीनले एमपक्स स्ट्रेनका नयाँ पाँचवटा ‘केस’ रेकर्ड गरेको तर प्रकोप प्रभावकारी रूपमा नियन्त्रण गरिएको बताएको छ। 

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अगष्टमा यो भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपतकालल घोषणा गरेको थियो।

    डब्लूएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपोक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो। 

    चिनिया स्वास्थ्य अधिकारीहरूले बिहीबार एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोप फेला परेको बताए। यसको सङ्क्रमणको स्रोत डीआरसीमा बसोबास गरेको रेकर्ड भएको व्यक्ति भएको विश्वास गरिएको छ।

    बिरामीसँग नजिकको सम्पर्क भएका चार व्यक्ति यस स्ट्रेनबाट सङ्क्रमित भएको पाइएको र उनीहरूमा डाबर र फोकाको अपेक्षाकृत हल्का लक्षण देखिएको चिनिया रोग नियन्त्रण र रोकथाम केन्द्रले विज्ञप्तिमा बताएको छ । 

    ‘सङ्क्रमित र जोखिममा रहेका व्यक्तिहरूले चिकित्सा उपचार र स्वास्थ्य निगरानी प्राप्त गरिरहेका छन् र प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

    हालसम्म अन्य सम्पर्कहरूमा कुनै केस फेला नपरेको स्वास्थ्य निकायले जनाएको छ। ​डब्लूएचओका अनुसार सन् २०२२ देखि १२० भन्दा बढी देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २६ २०८१०९:१७:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend