सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कमिशन खान विमानस्थल बनाउन खोजेको नेता नेपालको आरोप

कमिशन खान विमानस्थल बनाउन खोजेको नेता नेपालको आरोप

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष २५ २०८१

  • 1.0K
    SHARES

  • कमिशन खान विमानस्थल बनाउन खोजेको नेता नेपालको आरोप

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमिशन खानलाई पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्। बिहीवार सिंहदरबारमा बसेको अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले काँग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन्।

    उनले भैरहवा र पोखरा अन्ताराष्ट्रिय विमानस्थल नचल्दा पनि विमानस्थल बनाउने निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए। उनले छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकेका बेला डडेलधुरामा विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिशन खानु रहेको स्पष्ट पारे।

    उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे। मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको बताए। विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने बताए।

    अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठूला भवनहरू किन बनाएको भन्दै प्रश्न गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २५ २०८१०१:३९:१६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend