आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

भारतमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

  • एजेन्सी
  • बिहिवार, पौष २५ २०८१

  • 1.4K
    SHARES

  • भारतमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

    भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको ज्यान गएको छ । तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भागदौडमा अरु २५ जना घाइते भएका छन् ।

    तिरुपतिमा धेरै भक्तहरू तिरुमाला पहाडमा रहेको भगवान वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठद्वार दर्शनको टिकट लिनको लागि दौडिरहेका थिए । भोलिदेखि शुरू हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि देशभरबाट हजारौं भक्तजन तिरुपति पुगेका छन् ।

    १० दिनका लागि मात्रै खुल्ने वैकुण्ठद्वार सर्वदर्शनका लागि टोकन लिन हजारौंको सङ्ख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड मच्चिएको थियो ।

    काउन्टरबाट टोकन लिने क्रममा ६० भन्दा बढी मानिस एकअर्कामाथि खसेका र यसले भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

    केही श्रद्धालुहरूले भने प्रहरीको लापरबाहीका कारण घटना भएको जनाएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २५ २०८१११:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend