भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएको छ।
पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकप्टर दुर्घटना भएको हो।
हेलिकप्टर दुर्घटनामा परेर आगो लागेपछि दुई पाइलटसहित चालक दलका तीन सदस्यलाई जलेको अवस्थामा तत्काल अस्पताल लगिएको थियो। दुर्घटनामा चालक दलका तीनै सदस्यले ज्यान गुमाएका छन्।
दुर्घटना आईतवार दिउँसो १२ः१० बजे भएको थियो। भारतीय प्रहरी र कोस्ट गार्डका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।