आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अमेरिकामा उच्च हिमपात, हिमआँधीको चेतावनी

अमेरिकामा उच्च हिमपात, हिमआँधीको चेतावनी

  • एजेन्सी
  • सोमवार, पौष २२ २०८१

  • 792
    SHARES

  • अमेरिकामा उच्च हिमपात, हिमआँधीको चेतावनी

    अति धेरै हिमपातका कारण अमेरिकामा जनजीवन प्रभावित भएको छ । हिमपातसँगै  विशाल हिमआँधीको चेतावनी पनि जारी भएकोको बीबीसीले जनाएको छ । एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् ।

    हिमपातका कारण हजारौँ हवाई उडान बन्द भएका छन् । सेन्ट लुइस र मिसौरी हवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको खबरमा उल्लेख छ ।

    कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ भने थप हिमपातको अनुमानसमेत गरिएको छ । केन्टुकी, भर्जिनिया, वेस्ट  भर्जिनिया , कन्सास, अर्कांसस र मिसौरी गरि ६ राज्यमा आपतकाल घोषणा गरिएको छ ।

    केन्टुकीमा रहेको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका  दृश्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend