काठमाडौं । अमेरिकी सरकारले नेपाल लगायत ५९ देशका विद्यार्थीलाई २ वर्ष भन्दा धेरै समयको भिसा नदिने भएको छ। अमेरिकाले त्यसको लागि आवश्यक कानुन तयार गरिसकेको छ। अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ती मार्फत विद्यार्थी भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेसँगै अब पढ्न अमेरिका जाने विद्यार्थीले २ वर्ष भन्दा धेरै बस्न पाउनेछैनन्। सरकारी उक्त विभागले एफ, जे र आई प्रकारको गैरआवसिय भिसा भएका विद्यार्थीलाई यस्तो कानून ल्याउन प्रस्ताव गरेको हो। अहिले विदेशी विद्यार्थीलाई अमेरिकामा पढाई नसकेसम्मका लागि भिसा दिइन्छ। प्रस्तावित कानुनले ठगी र देशको सुरक्षा बढ्ने अमेरिकी सरकारको विश्वास छ। भिसा सकिए पनि अमेरिका नै बस्दै आउनेमा नेपालीहरु पनि रहेकोले नेपाल त्यस्तो सूचीमा परेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।