राष्ट्रसंघको ७५ औं स्थापना दिवसको अवसरमा आयोजना भएको भर्चुल माहासभाका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकासँग युद्धको संकेत गरेका छन् ।
राष्ट्रसंघको भर्चुल माहासभामा भिडियो सन्देशमार्फत चिनियाँ राष्ट्रपति सिले अमेरिकासँग युद्धको संकेत गर्दै आफुहरुले त्योबाटोमा जान नचाहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको लापरवाहीका कारण कोरोना भाइरस विश्वभर झनै आक्रमक तरिकाले फैलिएको आरोप लगाएका थिए । ट्रम्पले चीनले समयमै जानकारी नदिएका कारण विश्व कोरोना भाइरसबाट संक्रमित र अनियन्त्रित हुन पुगेको बताएका हुन् ।
ट्रम्पले भिडियोमा सन्देशमार्फत भनेका छन्,‘सुरुवाती दिनमा जब कोरोना संक्रमण फैलिरहेको थियो, चीनले घरेलु उडानमा प्रतिबन्ध लगायो तर अन्तर्राष्ट्रिय उडानलाई भने रोकेन। विमानहरु चीन बाहिर उड्दै जाँँदा विश्वभर कोरोनाको प्रकोप फैलियो। मैले चिनियाँ नागरिकमाथि अमेरिकामा भ्रमण प्रतिबन्ध लगाए तर यस विषयमा चीन र डब्लूएचओले नै खण्डन गरे। त्यसबेला चीनले आफ्नो देशमा घरेलु उडानमा प्रतिबन्ध लगाइसकेको थियो।’
ट्रम्पले कोरोना भाइरसको खतराको बारेमा चीनले सूचनाहरु लुकाएको समेत बताएका छन् । उनले, ‘चीनले चाहन्थ्यो भने महामारी नियन्त्रण गर्न सक्ने’ बताएका छन् ।
यसबीच चिनियाँ राष्ट्रपति सीले भनेका छन्,‘हामी छलफलमार्फत मतभेद र विवादलाई हल गर्ने काम गरिरहन्छौं। हामी आफूमात्र विकास गरौं भन्ने सोच्दैनौं साथै विवादका कारण युद्धमा जाने हाम्रो मनसाय छैन।’
सिले चीन र अमेरिकाबीचको विवादले युद्ध निम्तिन सक्ने र यसले विश्वलाई ठूलो असर पर्न जाने संकेत गरेका हुन् । ‘विश्वव्यापी मामिलामा प्रभुत्व जमाउन र अन्य देशको भाग्य निर्धारण र नियन्त्रण गर्ने अधिकार कुनैपनि देशलाई छैन। साथै विकासका अवसरहरु र फाइदाहरु आफैंलाई मात्र होस् भन्ने चाहना कसैले राख्नु हुँदैन।’ सिले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।