काठमाडौं- अमेरिकाले टिकटकमाथिको प्रतिबन्धको कुरालाई कार्यान्वयनमा लागु गर्न थालेको छ । प्रशासनले आइतबारदेखि लागु हुनेगरी टिकटक र विच्याटको डाउनलोडमा बन्देज लगाउने भएको छ।
यो नियम लागु भएपछि अमेरिकीहरुले चिनियाँ कम्पनीले चलाएका यी एपहरु डाउनलोड गर्न पाउने छैनन्।
यी एपको प्रयोगबाट अमेरिकी राष्ट्रिय सुरक्षामा चुनौति सिर्जन हुनेभएपछि बन्द गर्न लागिएको हो । शुक्रबार घोषणा गरिएको यो बन्देजले नयाँ डाउनलोड र अपडेटलाई मात्र रोक लगाएको हुँदा सो कम्पनीलाई केहि राहत हुनेभएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।