आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुनिल भण्डारीको पहिलो एकल गीत “आउन आउन घर” सार्वजनिक

सुनिल भण्डारीको पहिलो एकल गीत “आउन आउन घर” सार्वजनिक

  • मिडिया डबली
  • आइतवार, पौष २१ २०८१

  • 8.7K
    SHARES

  • सुनिल भण्डारीको पहिलो एकल गीत “आउन आउन घर” सार्वजनिक

    काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक, गीतकार र संगीतकार सुनिल भण्डारीले आफ्नो पहिलो एकल म्युजिक भिडियो “आउन आउन घर” आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। यस गीतमा चलचित्र क्षेत्रकी अनुभवी कलाकार रश्मी भट्टले आमाको भूमिका निर्वाह गरेकी छन्।

    गीतले आफ्नो देश छोडेर करिअरका लागि विदेशिएका व्यक्तिहरूको मातृभूमिप्रतिको प्रेम र तिनीहरूलाई स्वदेश फर्कन प्रेरित गर्ने कथावस्तु प्रस्तुत गरेको छ। गीतको मूल सन्देश “आफ्नो घर फर्क” रहेको छ।

    नितिन चन्दको निर्देशनमा बनेको यस गीतको संगीत व्यवस्थापन प्रकाश केसीले गरेका छन्। गीतको संगीत स्वयं सुनिल भण्डारीले आफ्नै कार चलाउने क्रममा सिर्जना गरेका थिए। सोही प्रेरणाबाट सुरु भएको यो यात्रा अहिले गीतको रूपमा सार्वजनिक भएको छ, जसले मातृभूमि प्रेमी नेपालीहरूलाई आफ्नै देशमा फर्कन र योगदान दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०६:०७:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend