काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो।
कार्यदल सदस्यमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले छन्।
कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट धाराणा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
साथै यो कार्यदलले सातै प्रदेशमा गर्ने छलफलको संयोजक सोही प्रदेशका पार्टी सभापतिले गर्ने उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।