आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनले ब्रह्मपुत्रमा बनाउन लागेको बाँध प्रति भारत चिन्तित

चीनले ब्रह्मपुत्रमा बनाउन लागेको बाँध प्रति भारत चिन्तित

  • एजेन्सी
  • शनिवार, पौष २० २०८१

  • 843
    SHARES

  • चीनले ब्रह्मपुत्रमा बनाउन लागेको बाँध प्रति भारत चिन्तित

    चीनले बनाउन लागेको मेगा तिब्बत बाँध परियोजनाबारे भारतको चासो र चिन्ता व्यक्त गरेको छ । तिब्बतको माथिल्लो भागमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् बाँध परियोजनालाई लिएर भारतले चीनसँग चिन्तासहित आफ्नो हितको रक्षाका लागि आवश्यक निगरानी र उपायहरू अपनाउने जनाएको छ ।

    भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले ब्रह्मपुत्रको तल्लो तटीय राज्यको हितलाई माथिल्लो तटीय क्षेत्रमा हुने गतिविधिले हानी नपुर्‍याउने विषयको सुनिश्चित गर्न चीनसँग आग्रह गरिएको बताउनुभएको छ ।

    आफ्नो हितको रक्षा गर्न निगरानी र आवश्यक उपायहरू निरन्तर जारी राख्ने भन्दै उहाँले तल्लो तटीय देशहरूसँग परामर्शको आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर चीनले यसअघि नै आफ्नो मेगा परियोजनाले तल्लो तटीय क्षेत्रमा नकारात्मक प्रभाव नपार्ने साथै तटीय देशहरूसँग आवश्यक सहकार्यलाई कायम राख्ने जनाएको थियो ।

    चीनले हालै तिब्बतमा यार्लुङ झाङबो र भारतमा ब्रह्मपुत्र भनेर चिनिने नदीमाथि बन्ने परियोजनाको घोषणा गरेको थियो । यसलाई बेइजिङको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रको आर्थिक लक्ष्यसँग जोडिएको छ ।

    तिब्बती पठारको पूर्वी किनारमा रहेको यार्लुङ झाङबो नदीमा बन्ने यो बाँध र जलविद्युत आयोजना संसारकै ठूलो हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    अहिले पनि संसारकै ठूलो बाँध र जलविद्युत परियोजनाको रुपमा चीनकै थ्री गर्जेज बाँध रहेको छ । यार्लुङ झाङबो नदी तिब्बत छोडेर दक्षिण भारतको अरुणाचल प्रदेश र आसाम हुँदै बङ्गलादेशमा बग्दा ब्रह्मपुत्र नदी बन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २० २०८१०९:४४:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend