आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मदन भण्डारी स्पोर्टस एकेडेमी र  सशस्त्र प्रहरी विजयी

मदन भण्डारी स्पोर्टस एकेडेमी र  सशस्त्र प्रहरी विजयी

  • मिडिया डबली डेक्स
  • शुक्रवार, पौष १९ २०८१

  • 924
    SHARES

  • मदन भण्डारी स्पोर्टस एकेडेमी र  सशस्त्र प्रहरी विजयी

    बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा  शुक्रबार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र  सशस्त्र प्रहरीले जीत हात पारेका छन् । 

    बुटवलको रामनगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको मदन भण्डारी आयोजक एकेडेमीले रुकुममाथि सहज जित निकालेको हो । आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

    एकेडेमी पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमा थियो । तेस्रो सेटबाहेक एकेडेमीले खासै चुनौतिको सामना गर्नु परेन । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसंग ३–१ मा पराजित भएको थियो । 

    रुकुम मणिमुकुन्द भलिवल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतबार मणीमुकुन्द क्लबसँग गर्नेछ । दुबै खेल गुमाएको रुकुमपश्चिमले सोमवार पुलिसको सामना गर्ने छ ।


    उता एपिएफले करिब ३ घण्टाको समय खर्चेर गल्कोट भलिबल क्लबलाई ३–२ ले पराजित गरेको छ । चिसो र हुस्सुसंगै शीत परेपछि मैदान भएर विहिवार स्थगित एपिएफ र गल्कोटबिचको खेल शुक्रवार पुनः खेलाइएको थियो । हिजो चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो । शुक्रवार पहिलो सेट २५–१५ मा सहजै जितेको एपिएफले संघर्षपूर्ण खेलमा दोस्रो सेट २५–२२ पनि आफ्नो पक्षमा पार्यो । 

    एपिएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाएका थिए । तर गल्कोटका मिन सुनार, जीवन सुनार, आलोक सुनार इरानियन खेलाडी मोविन सिरीले तेस्रो र चौथो सेट जित्यो। गल्कोटले तेस्रो सेट २५–२२ तथा चौथो सेट ३३–३१ अंकमा जितेको थियो । निर्णायक अन्तिम तथा पाचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण त्यो सेट एपिएफले २०–१८ ले जित्यो । समूह एमा रहेको पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् । रुकुम पश्चिमले दुबै खेलगुमाएको छ। मदन भण्डारी एकेडेमी १ जित र १ हार बेहोरेको छ । पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०८१०३:१९:४६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend