काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि गर्ने सम्बन्धी निर्णय लागू गरेको छ ।
हालै संसदबाट पारित प्रतिस्थापन विधेयकमार्फत सरकारले बजेट व्यवस्था गरेपछि अर्थमन्त्री जनार्दन शर्माले आज सोमवार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका छन् ।
यसअघि नै रासन वृद्धि घोषणा गरिए पनि आवश्यक पर्ने बजेट विनियोजन नगर्दा निर्णय कार्यान्वयनमा ढिलाइ भएको थियो । तर अब निर्णय कार्यान्वयन हुने भएको छ ।
नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा वार्षिक १ अर्ब १७ करोड रुपैयाँ बराबर दायित्व थप हुने अर्थ मन्त्रालयले जनाएको छ ।
निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा गरेर कार्यान्वयन नगरेपछि प्रहरीमा असन्तुष्टि देखिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।