आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले बढ्ने

भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले बढ्ने

  • मिडिया डबली
  • शनिवार, पौष ६ २०८१

  • 546
    SHARES

  • भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले बढ्ने

    काठमाडौं– भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले वृद्धि हुने निष्कर्षसहित एउटा प्रतिवेदन सार्वजनिक भएको छ ।

    स्टेट बैंक अफ इण्डियाले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष सन् २०३२ सम्म भारतको ऊर्जा भण्डारण क्षमता १२ गुणाले वृद्धि भई ६० गिगावाट पुग्ने उल्लेख छ । यो भारतको नवीकरणीय ऊर्जा स्रोतको अपेक्षित वृद्धिभन्दा धेरै रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

    सन् २०२० मा भारतमा भण्डारण क्षमतासहितका नवीकरणीय ऊर्जा स्रोत ५ प्रतिशत रहेकोमा सन् २०२४ मा त्यो बढेर २३ प्रतिशत पुगेको छ । ब्याट्री ऊर्जा भण्डारण प्रणाली र पम्प भण्डारण परियोजनाले ऊर्जा भण्डारण बजारको महत्त्वपूर्ण हिस्सा ओगट्ने अपेक्षा गरिएको छ ।

    सन् २०३२ सम्म ब्याट्री ऊर्जा भण्डारण प्रणालीको क्षमता ३ सय ७५ प्रतिशतले वृद्धि भई ४२ गिगावाट पुग्ने छ भने पम्प भण्डारण परियोजनाको क्षमता ४ गुणाले बढेर १९ गिगावाट पुग्ने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ६ २०८१०७:२३:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend