काठमाडौं– पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । त्यहाँ यस वर्षमात्र पोलियोबाट संक्रमितको संख्या ६४ पुगेको छ ।
पछिल्लो समय सिन्ध प्रान्तको ज्याकोबावाद शहरमा एक बालकमा पोलियोको संक्रमण पुष्टि भएको छ । उक्त क्षेत्रमा पोलियोबाट यस वर्ष मात्रै ४ जना बालबालिकालाई पोलियो संक्रमण भइसकेको द न्युज पाकिस्तानले जनाएको छ ।
पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठान अन्तर्गत पोलियो उन्मूलनका लागि क्षेत्रीय रिफरेन्स प्रयोगशालाका अनुसार यससँगै सिन्ध प्रान्तमा पोलियोबाट संक्रमण हुने बिरामीको संख्या १८ पुगेको छ । त्यसैगरी, सन् २०२४ मा बलोचिस्तान प्रान्तमा २६ जनामा यो रोगको संक्रमण देखा परेको छ ।
खैबर पख्तुनख्वा प्रान्तमा पनि सिन्धकै समान १८ जनामा पोलियो संक्रमण पुष्टि भएको छ । त्यस्तै, राजधानी इस्लामावाद र पञ्जाब प्रान्तमा समान एक जनामा यो रोग देखा परेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।