काठमाडौं– चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर महिनामा त्यहाँ शहरी युवा बेरोजगारी दर १६.१ प्रतिशत पुगेको छ ।
यद्यपि अघिल्लो महिनाको तुलनामा भने शहरी युवा बेरोजगारी दरमा भने केही कमी आएको देखिएको छ । अक्टोबर महिनामा त्यहाँ विद्यार्थीबाहेक १६ देखि २४ वर्ष उमेर समूहका युवा बेरोजगारी दर १७.१ प्रतिशत पुगेको थियो ।
त्यसैगरी, २५ देखि २९ वर्ष उमेर समूहका युवा बेरोजगारी दर पनि अघिल्लो महिना ६.८ प्रतिशतको तुलनामा नोभेम्बर महिनामा झिनो अंकले घट्दै ६.७ प्रतिशत पुगेको छ ।
राष्ट्रव्यापी रूपमा भने नोभेम्बर महिनामा ५ प्रतिशत बेरोजगारी दर रहेको ब्युरोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।