आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल-भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध हो : परराष्ट्रमन्त्री डा.राणा

नेपाल-भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध हो : परराष्ट्रमन्त्री डा.राणा

  • मिडिया डबली
  • शनिवार, पौष ६ २०८१

  • 486
    SHARES

  • नेपाल-भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध हो : परराष्ट्रमन्त्री डा.राणा

    काठमाडौ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई आग्रह गरेकी छन् । शुक्रबारदेखि ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) पछि कुरा गर्दै डा.राणाले नेपालको ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरूलाई आह्वान गरेकी हुन् ।

    परराष्ट्रमन्त्री राणाले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरिन् ।

    उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् । उनले नेपाल र भारतबिचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गरिन् । परराष्ट्रमन्त्री डा. राणाले नेपालका लागि भारत धेरै नै महत्त्वपूर्ण रहेको भन्दै नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताइन् ।

    उनले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध रही आएको बताइन् । उनले भनिन्, ‘नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो छ । नेपालका लागि भारत धेरै नै महत्त्वपूर्ण छ । नेपाल र भारतबीचको सम्बन्ध धेरै नै पुरानो हो । सामाजिक संस्कार, संस्कृतिले मात्रै होइन, व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध छ ।

    नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध पनि धेरै नै महत्त्वपूर्ण छ ।’ परराष्ट्रमन्त्री डा.राणाले नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ६ २०८१०६:५३:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend