गृहमन्त्री रमेश लेखकले सहकारी ठगी अनुसन्धानलाई प्रभाव पार्ने प्रयास भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति लक्षित गर्दै गृह मन्त्री लेखकले पार्टीका मानिसहरु जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन्। तर अपराधमा अपराधमा संलग्न देखिए जोसुकै व्यक्ति पनि कानुनी कारवाहीको दायरामा आउने बताए।
इलाका प्रशासन कार्यालय रामपुर, पाल्पाको नवनिर्मित भवनको बुधबार उद्घाटनका क्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन।
‘अनुसन्धानको दायरामा ल्याउनलाई ठूलो वा सानो मान्छे भन्ने हुँदैन। जोसुकैलाई अनुसन्धानको दायरामा ल्याइन्छ,’ उनले भने। गृहमन्त्री लेखकले भ्रष्ट्रचारको अन्त्य गर्न र सुशासन कायम गर्न वर्तमान गठवन्धन बनेको उनले दोहोर्याए।
उनले शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे । ‘शान्ति सुरक्षा र अमनचयन भएन भने विकास निर्माणदेखि लिएर सबै क्षेत्रमा असर पर्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।