आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुसलाई सहयोग गरेको भन्दै चीनमाथि ईयुले लगायो प्रतिबन्ध

रुसलाई सहयोग गरेको भन्दै चीनमाथि ईयुले लगायो प्रतिबन्ध

  • मिडिया डबली
  • बुधवार, पौष ३ २०८१

  • 777
    SHARES

  • रुसलाई सहयोग गरेको भन्दै चीनमाथि ईयुले लगायो प्रतिबन्ध

    काठमाडौं-रुससँग निकट सम्वन्ध बनाएको चीन पश्चिमा देशहरुको निशानामा पर्दै गएको छ। रुसको अर्थव्यवस्था र युद्ध क्षमता कमजोर बनाउने उद्देश्यले युरोपेली संघले थप नयाँ प्रतिबन्धहरु जारी गरेको छ। 
    १५ औं प्याकेजका यी प्रतिबन्धमा रुसको ‘श्याडो फ्लिट’ का साथै प्रविधि आपूर्तिमा नियन्त्रण  तथा चीन, इरान जस्ता देशका कम्पनी समावेश छन्। रुसलाई सहयोग गरेको भन्दै भारतीय कम्पनीहरु पनि ईयुको प्रतिवन्धमा परेका छन्। 

    ईयूले चीनमाथि यात्रा प्रतिबन्ध र सम्पत्ति जफत जस्ता कडा कदम उठाएको यो पहिलोपटक हो । चीन र रुसको सम्बन्ध मजबुत भइरहेकोमा अमेरिकासहित पश्चिमी देश बेखुस छन् । तर चीन मात्र होइन भारत, इरान, सर्भिया र यूएईका कम्पनी र व्यक्ति पनि ईयूको निशानामा परेका छन् । रुसलाई मद्दत गर्नका लागि प्रतिबन्ध उल्लंघन गरेको आरोप यी देशमाथि लाग्ने गरेको छ ।

    ईयूले वित्तीय क्षेत्रमा पनि कडा कदम उठाएको छ । यो कदम बेल्जियमको युरोक्लियर जस्ता संस्थाको मद्दत गर्नेछन् जसले रुसको फ्रिज भएको सम्पत्तिको रेखदेख गर्दछन् ।
    यसका अलावा ईयूले दुबईस्थित प्यारामाउन्ट इनर्जी एण्ड कमोडिटिज (डीएमसीसी) र सो कम्पनीका प्रमुख निल्स ट्रोस्ट माथि पनि प्रतिबन्ध लगाएको छ । यो कम्पनीले रुसको तेल पश्चिमी देशबाट तय गरिएको मूल्यभन्दा महँगोमा बेचेर व्यापार गरिरहेको आरोप छ । यसअघि यो कम्पनीमाथि बेलायतले सन् २०२३ मा प्रतिबन्ध लगाएको थियो ।

    ईयूले रुस र उत्तर कोरियाबीच बढ्दो रक्षा सहयोगलाई पनि निशाना बनाएको छ । उत्तर कोरियाका दुई ठूला रक्षा अधिकारीहरुलाई प्रतिबन्ध लगाइएको छ । यी अधिकारीहरु रुसलाई हतियार र सैनिक पठाउने काममा संलग्न भएको आरोप छ ।

    युरोपेली आयोगका अनुसार यीमध्ये ३३ जहाजले रुसी तेल र पेट्रोलियम उत्पादन ढुवानी गरिरहेका थिए । अब कुल ४३ जहाज ईयूको प्रतिबन्धको दायरामा आएका छन् । यी जहाजले पश्चिमी देशले तय गरिदिएको मूल्यको सीमा तोडेर व्यापार गर्दै आएका थिए ।

    ‘ब्ल्याक श्याडो’ पनि भनिने ‘श्याडो फ्लिट’लाई लिएर पश्चिमी देशको चिन्ता बढ्दो छ । किनभने यी जहाजले पारम्परिक नियम र बीमा प्रणालीभन्दा बाहिर रहेर काम गरिरहेका हुन्छन् । यीमध्ये केही जहाजले रुसका लागि उत्तर कोरियाबाट हतियार समेत पुर्‍याएको बताइन्छ ।

    युरोपेली आयोगका अनुसार प्रतिबन्धको १५ औं प्याकेजमा युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउने ३२ नयाँ कम्पनीहरु छन् । त्यसमा रुसका २०, चीनका ७, सर्भियाका २ तथा इरान, भारत र यूएईका १/१ कम्पनी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ३ २०८१०९:०६:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend