काठमाडौं- भारतका लागि प्रस्तावित राजदूत शंकरप्रसाद शर्मालाई भारत सरकारले ‘एग्रिमो’ (सहमति) प्रदान गरेको छ। नेपालले लगातार दोस्रो पटकका लागि शर्मालाई भारतको राजदूतमा पठाउने निर्णय गरेको थियो।
त्यसका लागि भारत सरकारलाई पत्राचार गरिएको ७८ दिनपछि ‘एग्रिमो’ प्राप्त भएको हो। शर्मा २०७८ चैतदेखि २०८१ असारसम्म नेपालका लागि भारतमा राजदूत थिए। चारवर्षे कार्यकाल पूरा नहुँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठ अन्तिममा ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्दा त्यसमा शर्मा पनि परेका थिए।
तर लगत्तै सत्ता समीकरणमा फेरबदल भयो र कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले साउन १४ मा शर्मालाई पुनः भारतका लागि राजदूत सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिले असोज ३ मा राजदूतको सिफारिस अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले असोज ११ मा भारतसँग शर्माका नाममा सहमति मागेको थियो। शर्माले मंसिर २८ गते नै भारतबाट एग्रिमो प्राप्त गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।