मस्को-युक्रेनले गराएको विष्फोटमा वरिष्ठ रुसी अधिकारी मारिएपछि रुस तनावमा परेको छ। जनरल मृत्युले रुसलाई ठुलो झस्का समेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गरेका छन्।
लेफ्टिनेन्ट जर्नल आइगोर किरिलोभ आवास गृहको ढोकामा पुगेपछि स्कुटरमा राखिएको विष्फोटक पदार्थ पड्किएको हो। यसअघि सोमबार मात्र युक्रेनले किरिलोभलाई रासायनिक हतियार प्रयोग गरेको आरोप लगाएको थियो।
युक्रेनी सेनाको विरुद्धमा पहिलो विश्व युद्धमा प्रयोग गरिएको क्लोरोपिक्रिन ग्यास प्रयोग गरिएको आरोप लगाएको हो। यसपछि नै युक्रेनले किरिलोभ मारेको जिम्मेवारी लिएको छ। उनको साथमा असिस्टेन्ट लोया पोलिकार्भोक पनि मारिएको रुसी सञ्चार माध्यमले जनाएका छन्।
रुसी सञ्चार माध्यमका अनुसार उनी मारिएको बम अन्यत्र कतै टाढाबाट सञ्चालित थियो। अहिले उनले प्रयोग गरेको भनिएको रासायनिक ग्यास संसारमा नै प्रतिबन्धित भएको छ। सो ग्यास प्रतिबन्ध लगाउने सम्झौतामा रुसले समेत हस्ताक्षर गरेको छ।
यसको प्रयोगले युद्ध मैदानमा धेरै टाढासम्म आँखा र फोक्सोमा नकारात्मक असर गर्नेगर्छ। मे महिनामा नै युक्रेनमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग भएको आरोप अमेरिकाले लगाए पनि यसलाई रुसले अस्वीकार गरेको थियो।
रुसले घटनामा पश्चिमा देशहरू जिम्मेवार रहेको आरोप लगाएको छ। रुसका रक्षा मन्त्री मारिया जाकारोभाले उनको हत्यालाई एउटा अपराध भएको बताएका छन्। रुसको अवकाश प्राप्त सैन्य प्रमुख आन्द्रेइ गरुलोयोभले अमेरिकाले अत्याचार मच्चाएको तथा त्यसको विरुद्धमा सक्रिय भएका कारण हत्या गरिएको आरोप समेत लगाएका छन्। रुसी सरकारले भने उनको मृत्युलाई आतङ्कवादी हमलाको संज्ञा समेत दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।