काठमाडौं-त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा हिनामिनामा बुझाएको प्रतिवेदन अपुर्ण भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समिति बनाएर छानविन गर्न निर्देशन दिएका छन्।
समितिका सदस्यहरूले समय अभावका कारण प्रतिवेदन पूर्ण नभएको जानकारी गराएपछि प्रधानमन्त्रीले अर्को समिति बनाउन आग्रह गरेका हुन।
समितिले २०० पेजको प्रतिवेदन बुझाउँदै जग्गा हिनामिनामा त्रिविका पदाधिकारी जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। त्रिविको ३ हजार ७ सय रोपनी जग्गामा १ हजार रोपनी जग्गा विभिन्न संघ संस्थालाई दिइएको उल्लेख गरिएको छ।
पुल्चोक र मिनभवनमा रहेको त्रिविको जग्गा पनि हिनामिना गरिएको प्रतिवेदनले निष्कर्ष निकालेको छ। काठमाडौं बाहिर पनि धेरै ठाउँमा त्रिविको जग्गा अतिक्रमण भएको निष्कर्ष समितिको छ ।
सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।