आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

परराष्ट्रमन्त्री डा. आरजु देउवा युरोप भ्रमणमा व्यस्त, युरोपपछि सिधै नयाँ दिल्ली जाने

परराष्ट्रमन्त्री डा. आरजु देउवा युरोप भ्रमणमा व्यस्त, युरोपपछि सिधै नयाँ दिल्ली जाने

  • मिडिया डबली
  • मंगलवार, पौष २ २०८१

  • 756
    SHARES

  • परराष्ट्रमन्त्री डा. आरजु देउवा युरोप भ्रमणमा व्यस्त, युरोपपछि सिधै नयाँ दिल्ली जाने

    काठमाडौं- युरोप भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा.आरजु देउवा नेपाल नआई सिधै भारत भ्रमणमा जाने भएकी छन्। अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्यायसम्वन्धी सार्वजनिक सुनुवाईमा नेपालको प्रतिनिधत्वकालागि मंसिर २२ मा नेदरल्याण्डसको हेगमा गएकी देउवा युरोपमै भेटघाटमा व्यस्त छिन।

    डा.आरजु अझै केही दिन युरोपमा नै व्यस्त रहने र त्यहाँबाट उनी सिधै भारतको नयाँ दिल्ली पुग्ने कार्यक्रम तय भएको छ। दिल्ली पुगर उनी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ। उनी पुस ५ गते मात्रै काठमाडौं फर्किने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    राणा यसअघि भदौ २ गते भारतको पाँच दिने औपचारिक भ्रमण गएकी थिइन्। खासमा उनी उपचारका लागि जाने तय भएपछि त्यस भ्रमणलाई द्विपक्षीय बनाउने गरी चाँजो मिलाउन दिल्ली तयार भएको थियो। त्यस क्रममा दिल्लीले उनको उनलाई महत्त्वका साथ स्वागत र मानमनितो दिएको थियो।  

    यसबीचमा प्रधान सेनापति अशोकराज सिग्देल भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण गरेर फर्किएका छन्। उनले त्यहाँ केही महत्त्वपूर्ण भेटवार्ता पनि गरेका थिए।

    मंसिर २६ देखि ३० सम्मको भारत भ्रमणका क्रममा उनले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ डिफेन्स स्टाफ अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २ २०८१०९:५८:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend